Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


६९ मेगावाटको मर्स्याङ्दीबाट ३६ मेगावाटमात्रै विद्युत् उत्पादन


0
Shares

                                                                                  फाइल फोटो
नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत्गृहबाट ३३ मेगावाटमात्र विद्युत् उत्पादन भएको हो ।

विद्युत्गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए ।

‘नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो, चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र क्षमताअनुसारकै विद्युत् उत्पादन हुन्छ’–उनले भने ।

यस वर्ष विद्युत्गृहमा रहेको युनिट नम्बर–२ मर्मत गरिएको केन्द्रले जनाएको छ । रासस