
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत नोभेम्बरमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेका २३ सदस्य टोलीसहित अरु १३ खेलाडीलाई पहिलो चरणको टोलीमा समावेश गरेका हुन् ।
प्रशिक्षक कोजीले घोषणा गरेको प्रारम्भिक टोलीमा फरवार्ड युवराज खड्का, मिडफिल्डर रवि पासवान र विश्व अधिकारी, तथा डिफेन्डर बिमल बस्नेत र बिमल पाण्डेले पहिलोपटक मौका पाएका छन् ।
यस्तै, चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिरै रहेका रोहित चन्दले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
आगामी फागुन १ गतेदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार जानकारी दिएको छ ।
एसिया कप छनोटअन्तर्गत् पहिलो खेलमा नेपालले आगामी चैत १५ गते फिलिपिन्सविरुद्ध उसकै मैदानमा ‘अवे’ खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्