युनाइटेड मोदी हाइड्रोले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने • Image Khabar Image Khabar


युनाइटेड मोदी हाइड्रोले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने


Imagekhabar
२७ माघ २०७३, बिहीबार १५:३४

युनाइटेड मोदी हाइड्रोले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने

धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो ।

यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो ।

आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुनेछ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ ।

सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ ।

हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सन्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी–२ निर्माणको तयारी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्