प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो ।
आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको छ । आयोजनाले भने तोकिएको समयभन्दा दुई महिनापहिल्यै निर्माण सम्पन्न गर्ने गरी तयारी गरेको छ ।
सातपटक भेरियसन गरिएको आयोजनाको सम्बन्धमा राष्ट्रियरुपमा चर्चा परिचर्चामात्रै नभइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समितिमासमेत लामो छलफल भयो ।
छलफलकाक्रममा आयोजनाको सम्बन्धमा भए–गरेका गलत कामको उचित छानबिन गर्ने, दोषीउपर कारबाही गर्ने सहमति भएपछि निर्माण प्रक्रियाले गति लिएको हो ।
आयोजनाका प्रमुख अजयकुमार दाहालकाअनुसार खुम्चिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न अन्तिम चरणमा पुगेको छ ।
कुल २८ मिटर सुरुङमात्रै पुनःनिर्माण गर्न बाँकी छ । २३२ मिटर सुरुङ खुम्चिएकामा अरु पुनःनिर्माण भइसकेको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको कामसमेत जारी छ ।
विद्युत् उत्पादन गर्ने टर्वाइनको यसअघि नै जडान गरिएको र हाल जेनेरेटर जडान कार्य जारी रहेको र आगामी एक महिनाभित्र सो कार्यसमेत सम्पन्न हुने आयोजनास्थलमा रहेका उपप्रबन्धक पुष्पराज जोशीले राससलाई जानकारी दिए ।
उनकाअनुसार आयोजनामा हाल चिनियाँ र नेपाली कामदारले दैनिक १८ घन्टा काम गरिरहेका छन् ।
ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिइ सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने तयारी गरेको हो ।
खुम्चिएको बाँकी रहेको सुरुङ सम्पन्न यसै महिनाभित्र हुने गरी तयारी गरिएको आयोजना प्रमुख दाहालले बताए ।
समयमै काम सम्पन्न नहुँदा आयोजनाले हालसम्म रु दुई अर्ब बढी कमाइ घाटा भएको छ ।
आयोजनाको लागतसमेत बढेर हाल प्रतिमेगावाट लागत रु ५६ करोड ३५ लाखभन्दा बढी पुगेको छ । ठेकेदारलाई बुझाइएको अन्य शुल्कको हिसाब गर्ने हो भने पनि प्राधिकरणले बुझाएको रकम उल्लेख्य मात्रामा बढी छ ।
जसरी भएपनि शीघ्र आयोजना सम्पन्न गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले देखाएको चासोका कारण परियोजनाले गति लिएको छ ।
आयोजनाले यसअघि नै १३१ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न गरिसकेको छ । कुल ४१२ ओटा टावरमार्फत् कैलालीको अत्तरियामा जोडिएको छ ।
प्रसारणलाइन यसअघि नै निर्माण सम्पन्न भएपनि हावाहुरीका कारण डोटी र कैलालीमा चारओटा टावर र केही प्रसारणलाइनमा क्षति पुगेको छ ।
प्रसारणलाइनको सीमाभन्दा बाहिर रहेका सल्लाको रुख ढलेर प्रसारणलाइनमा क्षति पुर्याएपछि वन विभागसँग समन्वय गरेर रुख काट्ने स्वीकृति लिने कार्य जारी रहेको आयोजना प्रमुख दाहाल बताउँछन् ।
१० ओटा रुख काट्न पनि मन्त्रिपरिषदले स्वीकृति दिनुपर्ने भएकाले केही दिन लाग्न देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्