Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


चितवन पनि लोडसेडिङमुक्त


0
Shares

राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो ।

औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा विहीबारदेखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए ।

भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादव ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विहीबारैमात्र फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानाकारी दिएको उनले बताए ।

एक सातादेखि चितवनमा लोडसेडिङ नभएको जानकारी दिँदै उनले औद्योगिक फिडरमा भने लोडसेडिङ हुने बताए । पूर्वतालिकाअनुसार नै औद्योगिक फिडरमा लोडसेडिङ हुने जनाइएको छ ।

प्राविधिक समस्या र मर्मत–सम्हारको समयबाहेकका अरुबेला चितवनमा विद्युत् नकाटिने दुलारले बताए । यसअघि, चितवनमा दैनिक ४ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।