
चिनियाँ समकक्षी सीलाई पत्र पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेकोमा सीले बधाइ दिएकोमा धन्यवाद दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ लिएयता दुई नेताबीचको यो पहिलो प्रत्यक्ष सम्पर्क हो । यद्यपि, ट्रम्प र सीबीच प्रत्यक्ष कुराकानी भने भएको छैन ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका विभिन्न नेताहरुसँग टेलिफोन कुराकानी गरिसकेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुकले अमेरिकी राष्ट्रपतिको पत्रलाई ठूलो महत्व दिएको बताएका छन् । दुई मुलुकबीचको सहकार्य एकमात्र विकल्प भएको उनको भनाइ छ ।
हालैमात्र ट्रम्पले ताइवान र दक्षिण चिनियाँ समुद्रको विषयमा बेइजिङलाई चुनौती दिएर चिढ्याएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्