
विहीबार सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पामाथि २–१ को जित निकाल्दै आर्मी फाइनलमा पुगेको हो ।
आर्मीको जितमा टंक बस्नेतले एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो ।
हिमालयन शेर्पाका लागि हेमन गुरुङले एक गोल फर्काए ।
आर्मीले अब उपाधि लागि शनिबार संकटा क्लबसँग खेल्नेछ ।
विजय युथ क्लबलाई पराजित गर्दैै संकटा बुधबार फाइनलमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्