Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


सिंहदबार पुनःनिर्माण कहिले र कसरी ? (भिडियो रिपोर्ट)


0
Shares

जसबाट देशको प्रमुख प्रशासनिक निकायलाई भूकम्पले क्षति पुर्‍याएको २२ महिना गुज्रेको छ । तर, सिंहदरबार पुनःनिर्माणमा अहिलेसम्म सरकारले तदारुकता देखाउन सकेको छैन ।

नेपालका १३औं प्रधानमन्त्री चन्द्र शमसेरले सन् १९६० मा निर्माण गर्न लगाएको सिंहदरबारले ११३ वर्षभन्दा लामो इतिहास बोकेको छ । तर, २०७२ साल वैशाख १२ गते गएको भूकम्पले युरोपेली वास्तुकला शैलीमा निर्मित मुलुककै पहिलो संरचना सिंहदरबारको मुख्य भवन क्षतिग्रस्त बनेपनि यसको पुनःनिर्माण वा यसलाई सवलीकरण के गर्ने भन्नेमा अहिलेसम्म सरकार र नियामक निकायहरु टुंगोमा पुग्न सकेका छैनन् ।

स्मारक संरक्षण ऐन २०१३ अनुसार १०० वर्षभन्दा बढी समयका भवनहरु पुरातात्विक महत्वको हुने र त्यसको निर्माण तथा सवलीकरण पनि पुरातात्विक महत्वलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

तर, सिंहदरबारको हकमा भने भत्काएर नयाँ बनाउने वा पुरानै भवनलाई सवलीकरण गर्ने भन्ने अहिलेसम्म टुंगिन सकेको छैन ।

भत्किएको सिंहदरबारभित्रै आफ्नो कार्यालय राखेर देशकै पुनःनिर्माणको जिम्मा लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल कुनै हालतमा सिंहदरबार भत्काउन नदिने बताउँछन् ।

भवन भत्काएर नयाँ बनाइ सरकारी कार्यालयहरु राख्दा सिंहदरबारको अस्तित्व समाप्त हुने भन्दै पोखरेल यसलाई संग्रहालय वा पर्यटक आकर्षक गर्ने केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राख्छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।