काठमाडौंबाट जन्मस्थान खोटाङ आउनेक्रममा मंगलबार बिहान दुर्घटनामा परेका राईको उपचारकाक्रममा विहीबार अपराह्न मृत्यु भएको हो ।
संगठनको काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ ।
दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौंस्थित न्युरो अस्पताल पुर्याएर सघन उपचारकक्षमा भर्ना गरिएको थियो ।
न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंकै ट्रमा सेन्टर पुर्याइएको थियो ।
करिब एक दशकदेखि एमालेनिकट विद्यार्थी संगठनमा क्रियाशील राई संगठनको माथिल्लो सगरमाथा प्रमुखसमेत थिए । रासस





प्रतिक्रिया दिनुहोस्