बजार परिसूचक नेप्से १२ सयमा ओर्लियो । उतार–चढावबीच नेप्से २६ अंकले झरेर १२ सय ९६ मा आएर थामियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च २ सय २४ अंकको गिरावट आयो । जलविद्युत् समूह ३६ अंकले झर्यो । वाणिज्य बैंक समूहमा पनि २६ अंकको कमी आयो । विकास बैंक र होटल समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन कारोबार पनि पछिल्ला दिनका तुलनामा सामान्य उच्च रहन गयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर ५८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्