Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


अर्थमन्त्री–गभर्नर छलफल


0
Shares

अर्थमन्त्री महराले विहीबार बिहान करिब डेढ घन्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थसचिव शान्तराज सुवेदी र राजश्वसचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन् ।

छलफलमा अर्थमन्त्री महराले गर्भनर नेपालसँग बैंकिङ क्षेत्रको अवस्थाबारे र सचिवद्धयसँग पुँजीगत खर्च परिचान हुन नसकेकाबारे जानकारी लिएको जनाइएको छ ।

छलफलमा गभर्नर नेपालले केन्द्रीय बैंक ब्याजदरलाई स्थायित्व दिने प्रयासमा लागिरहेको बताएको पनि जानकारी गराइएको छ ।

यस्तै, अर्थसचिव सुवेदीले पनि पुँजीगत खर्चले विस्तारै गति लिँदै जाने बताएको जानकारी गराइएको छ ।