नेपाल विद्यावारिधि संघले विहीबार राजधानीमा गरेको पुँजीगत खर्चसम्बन्धी कार्यक्रममा अर्थविद्हरुले रेमिट्यान्सलेमात्रै मुलुक धान्न नसक्ने भन्दै पुँजीगत खर्च बढाउन ध्यानाकर्षण गराएका हुन् ।
पूर्वमुख्यसचिव डा. बिमल कोइरालाले बजेट निर्माणकैक्रममा गुणस्तरीय कार्यक्रम छनोट नगर्दा पुँजीगत खर्च बढ्न नसकेको बताए ।
उनले परियोजना छनोट गर्दा गहिराइमा नगइ बजेट विनियोजन गर्दा पछिल्ला वर्षमा समयमै पुँजीगत खर्चमा ह्रास आउने गरेको बताए ।
उनले नेता, सांसदको दबाबमा परियोजनाको पूर्वसमीक्षा बिना नै बजेट विनियोजन गर्ने प्रचलन जारी रहेको भन्दै सच्चाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थविद् डा. चन्द्रमणि अधिकारीले समग्र बजेटमै खर्च गर्ने क्षमता नहुँदा तलरता समस्या देखिएको बताए ।
राजनीतिक एवं व्यवस्थापन तहमा इच्छाशक्ति नभएकै कारण पुँजीगत खर्च बढ्न नसकेको उनको भनाइ छ ।
परियोजनाको अनुगमन हुने भएपनि अनुगमन प्रतिवेदनको उचित व्यवस्थापन हुन नसकेको उनले उल्लेख गरे ।
कार्यपत्र प्रस्तुत् गर्दै डा. रमेश पौडेलले पुँजीगत खर्च बढाउन योजना बनाउनु पूर्वको तयारी, सामथ्र्य र इच्छाशक्तिमा आधारित कार्यक्रम बनाउनुपर्ने, राजनीतिक स्थिरतासहित स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा बृद्धि आवश्यक रहेको उनीहरुको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्