
सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेश नदिन राष्ट्रपति ट्रम्पले २७ जनवरीमा गरेको विवादित कार्यकारी आदेशविरुद्ध परेको रीटमा अदालतले भने एकपछि अर्को गर्दै ट्रम्प प्रशासनलाई निराश पारिदिएको छ ।
सियाटल अदालतले गरेको निर्णयविरुद्ध पुनरावेदन गएको ट्रम्प प्रशासनलाई फेरि अर्को झट्का लागेको हो । ट्रम्पले ती सात देशबाट मुलुकलाई खतरा भएको जिकीर गरेपनि अदालतले भने खतरा भएको प्रमाण देखाउन नसकेको भन्दै पुनरावेदन खारेज गरिदिएको हो । यद्यपि, ट्रम्पले भने अदालतको फैसलापछि ट्वीट गर्दै आफ्नो देशमा सुरक्षा रहेको जिकीर गर्दै अदालतमा भेटौंला भनेका छन् ।
उनले यस फैसला शर्मनाक र राजनीतिबाट प्रेरित रहेको टिप्पणी गरेका छन् । ट्रम्प प्रशासनले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कानूनी अधिकार आफूसँग रहेको जिकीर अदालतसमक्ष गरेको थियो । अब यो प्रकरण सर्वोच्च अदालतमा पुग्ने देखिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्