२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


ब्रिटिश उपनिवेसबाट स्वतन्त्र भएको सात दशक बित्दा पनि अझै कर तिर्दैछ भारत


0
Shares

भारतले आफ्नै देशमा एउटा रेलवे ट्रयाक संचालनबापत बेलायतको एक नीजि कम्पनीलाई अझै वार्षिक १ करोड २० लाख रुपैयाँ तिर्दै आएको छ ।

महाराष्ट्रको यमतमालबाट अचलपुरबीच चल्ने शकुन्तला रेल रुटमा रेलवे संचालनबापत भारत सरकारले ब्रिटिश कम्पनीलाई वार्षिक कर तिर्दै आएको हो ।

यो रुटमा संचालन हुने रेल ‘शकुन्तला एक्सप्रेस’ कै कारण यो रुटलाई ‘शकुन्तला रेल रुट’ पनि भन्ने गरिन्छ । अमरावती क्षेत्र कपास उत्पादनका लागि प्रख्यात छ । स्थानीय कपासलाई बजारसम्म लैजानका लागि अंग्रेजहरुले यो रुट निर्माण गराएका थिए ।

सन् १९०३ मा ब्रिटिश कम्पनी क्लिक निक्सनले निर्माण सुरु गरेको यो रुट सन् १९१६ मा सम्पन्न भएको थियो । सन् १८५७ मा स्थापित यो कम्पनीलाई हाल सेन्ट्रल प्रोभिन्स रेलवे कम्पनीका नामले चिनिन्छ ।

ब्रिटिशकालमा नीजि कम्पनीले नै रेल नेटवर्क निर्माणको काम गर्दथ्यो ।

सन् १९५१ मा भारतीय रेल राष्ट्रियकरण भएको हो । तर यही एकमात्र रेलवे रुट भारत सरकारको अधिनमा थिएन । यो रुटको सट्टामा भारत सरकारले उक्त बेलायती कम्पनीलाई वार्षिक एक करोड २० लाख रुपैयाँ कर तिर्दै आएको छ । (एजेन्सी)