२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


आप्रवासीप्रति कठोर नीतिका कारण अमेरिकी डिभी यस वर्षदेखि संकटमा


0
Shares

आप्रवासीप्रति कठोर नीति लिने डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि डीभी पनि संकटमा पर्ने देखिएको हो । अझ डीभीको विरोधमा अमेरिकी संसदमै कुरा उठेपछि यसको भविष्यप्रति आशंका बढेको हो ।

ट्रम्पको दल रिपब्लिकन पार्टीका सिनेटरद्वय टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासीको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा विधेयक दर्ता गरेपछि यसको भविष्यबारे बहस चुलिएको छ ।

बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पारित गरेमा प्रतिवर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द हुनेछ । यसले अमेरिकाले प्रतिवर्ष जारी गर्ने करीब १० हजार ग्रीन कार्ड प्रभावित हुने बताइएको छ ।

संसदमा दर्ता गरिएको यो विधेयक पारित भए डिभी लट्रीको सुविधा पाएको नेपालीसमेत प्रभावित हुनसक्ने छन् । अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्र्याउने कानून बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अरु सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवासको व्यवस्था गरिँदै आएको छ ।

दश वर्ष यता अमेरिकाले करिब ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको र त्यसले अमेरिकीको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आप्रवासीलाई ग्रिनकार्ड दिने प्रावधान आधा घटाउन विधेयकले माग गरेको छ ।

प्रस्तावित नयाँ विधेयकमा अमेरिकामा रहेको आप्रवासी नागरिकले दाजुभाई र दिदी बहिनीका लागि ग्रीनकार्डको आवेदन गर्न पाउने प्रावधान खारेज गर्नुपर्ने माग पनि गरिएको छ ।

अमेरिकाले सन् २०१५ मा डिभी लट्रीमार्फत संसारभरबाट ५० हजार आप्रवासी तथा एक लाख २० शरणार्थी भित्र्याएको थियो । (एजेन्सी)