Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


दूधको उचित मूल्य नपाउँदा किसान चिन्तित, बिचौलिया भने मालामाल


0
Shares

बजार बिचौलियाको कब्जामा हुँदा दूध उत्पादक कृषकले लागतअनुसारको मूल्य नपाएका हुन् । गाई, भैंसीका साथै उनीहरुको दाना र घाँसको मूल्य बढे पनि दूधको भाउ नबढ्दा कृषक निराश बनेका हुन् ।

घाँस, दाना र गाईभैंसीको मूल्य बढ्दा उत्पादन लागत बढेको तर त्यसको अनुपातमा आम्दानी नभएको कृषकको गुनासो छ । सदरमुकाम बेनीमा प्रतिलिटर ६० देखि ७० रुपैयाँका दरले कृषकसँग दूध किनेर व्यवसायीले प्रतिलिटर ९० रुपैयाँमा बेच्ने गरेका छन् ।

उचित मूल्य नपाएको भन्दै कृषकले पशुको संख्या नै घटाउन थालेका छन् । अरु समयमा सहजै दूधको खपत हुने भए पनि कात्तिक, मंसिर, पुष, माघ र फागुनमा भने दूध बिक्री घटेको कृषकको भनाइ छ ।