Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व आउँदै, दुवैमा नयाँ नेतृत्वको लगभग टुंगो लाग्यो


0
Shares

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक क्रमशः उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईको सेवावधि एकैदिन सकिने भएपछि दुबै संगठनले एकैदिन नयाँ नेतृत्व पाउन लागेको हो ।

सशस्त्र प्रहरीमा वरिष्ठताकै आधारमा महानिरीक्षक नियुक्ति हुने करिब पक्का भए पनि नेपाल प्रहरीमा भने दलीय राजनीतिको प्रष्ट छायाँ पर्ने लक्षण देखिएको छ । महानिरीक्षक अर्यालसँगै उनका समकक्षी एआईजीहरु पनि एकसाथ सेवानिवृत्त हुने भएपछि डीआईजीबाट नयाँ आईजीपी बनाउनुपर्ने भएको छ ।

डीआईजीमध्ये नवराज सिलवाल एक नम्बर रोलमा रहे पनि संगठनको नेतृत्व भने चौथो नम्बरमा रहेका जयबहादुर चन्दले हत्याउने करिब निश्चित झै देखिएको छ । चन्दका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाले अडान नत्याग्दा गृहमन्त्री बिमलेन्द्र निधिले सोही अनुसार फाइल अगाडी बढाउन गृहसचिवलाई निर्देशन दिएको बताइएको छ । निधिले वरिष्ठता छाडेर त्यसमुनिकालाई आईजीपी बनाउन नहुने र त्यसो गरे संगठनमा अराजकता आउने जिकीर गरे पनि देउवाले कुनै हालतमा चन्दलाई बनाउन निर्देशन दिएपछि गृहमन्त्रीले सोही अनुसार प्रस्ताव अगाडी बढाउन भनेको स्रोतको दावी छ ।

प्रहरी महानिरीक्षक अर्यालले फागुन ३ बाट अवकाश पाउने भए पनि गृहमन्त्रालय जिम्मा लिएको कांग्रेसभित्रकै किचलोका कारण सरकारले नयाँ आईजीपीबारे निर्णय लिन नसकेको हो । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको २५ औं महानिरीक्षकबारे निर्णय लिने दाबी गरिएको छ ।

यता, सशस्त्र प्रहरीमा पनि महानिरीक्षक दुर्जकुमार राईको फागुन ३ गतेबाट ३० वर्षे सेवाअवधि सकिँदै छ । सशस्त्रको आइजीमा भने पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठ नै हुने करिब पक्का भएको छ ।