
युएफाले यसका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग प्रस्ताव गर्ने भएको छ । विश्वकपको छनोट चरण पार गरेका टोलीलाई भिन्न भिन्न समूहमा पार्न समेत युएफाले आग्रह गर्ने निर्णय गरेको छ ।
फिफाले विश्वकप खेल्ने देशको संख्या ३२ वटाबाट बढाएर ४८ पुर्याएपछि युएफाले १६ टोली युरोपेली देशबाट समावेश गर्नुपर्ने माग गरेको हो । युएफाका अध्यक्ष अलेक्सान्दर केफरिनले विश्वकप छनोटमा ४८ टोली हुने भएपछि युरोपेली देशका लागि १६ स्थान माग्नु जायज भएको बताए ।
यसअघि सन् २०१४ को विश्वकपमा १३ वटा युरोपेली देश छनोट भएका थिए । गएको महिना फिफाले विश्वकप छनोट खेल्ने देशको संख्या ३२ बाट ४८ पुर्याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्