
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रणमा अमेरिका पुगेका जापानी प्रधानमन्त्री आबे र ट्रम्पबीच आर्थिक र सुरक्षा नीतिका विषयमा छलफल हुने बताइएको छ ।
भेटमा दुई देशबीचको ब्यापार सम्झौता र अमेरिकामा जापानी लगानीका बिषयमा पनि छलफल हुनेछ ।
त्यसक्रममा दुई नेताबीच एशिया प्रशान्त क्षेत्र सुरक्षा सम्झौताको बिषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री आबेले गत नोभेम्बरमा पनि अमेरिका भ्रमण गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्