केही दिनभित्रै निर्वाचन मिति घोषणा : मन्त्री केसी • Image Khabar Image Khabar


केही दिनभित्रै निर्वाचन मिति घोषणा : मन्त्री केसी


Imagekhabar
२८ माघ २०७३, शुक्रबार १३:५७

congress arjunnarshingh kc

एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुने जानकारी दिए ।

मन्त्री केसीले विकास निर्माण र पूर्वाधार विकासमा सरकारले विशेष योजना बनाउने तयारी गरिरहेको बताए । एकीकृत बस्ती र मेघासीटीको अवधारणाबाट व्यवस्थित शहर निर्माण गरिने उनको भनाइ थियो ।

विभिन्न देशका विज्ञहरुसमेत सहभागी रहेको कार्यक्रममा नेपालको खाद्य सुरक्षा, हाइड्रो, पर्यटन, कृषिलगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्