Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहे कडा कारबाही गर्ने गभर्नरको चेतावनी


0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुक्रबार राजधानीमा शुभारम्भ गरे ।

एनआइडीसी क्यापिटल मार्केट्स गाभिएपछि सनराइज बैंकको चुक्तापुँजी ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर निस्काशन गरी चुक्तापुँजी ७ अर्ब ९ करोड रुपैयाँ पुर्‍याउने जनाएको छ ।

कार्यक्रममा गभर्नर नेपालले मुलुकको अर्थतन्त्र सही दिशामा नै रहेको बताए । कहिलेकाहीँ बैंकहरुले बाटो बिराउँदा बैंकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै उनले हाल बैंकहरुमा भएको लगानीयोग्य रकम अभावको कारण पनि त्यही भएको बताए ।

गभर्नर नेपालले बैंकहरु अनुत्पादक क्षेत्रमा लगानी गरेर बहकिएको भन्दै तत्काल नसच्चिए केन्द्रीय बैंकले कडा कारबाही गर्ने चेतावनी दिए ।

बैंकका अध्यक्ष मोतिलाल दुगडले वित्तीय संस्थालाई एकीकरण गरी सुदृढ गर्ने राष्ट्र बैंकको योजनालाई सहयोग गर्न बैंकले एनआइडीसी क्यापिटल मार्केट्सलाई गाभेको बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानीकेन्द्रित गर्ने भन्दै आगामी दुई महिनाभित्र बैंकहरुमा देखिएको तरलतासम्बन्धी समस्या समाधान हुने बताए ।

उनले आगामी दिनमा निक्षेप बढेको अनुपातमा कर्जा प्रवाह हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले लगानीयोग्य पुँजीको अभावमा निजी क्षेत्र मर्कामा परेको बताएका थिए ।