Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


सरकार गम्भीर नभए मजदुरसहित आन्दोलनमा उत्रने चेतावनी


0
Shares

नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले शुक्रबार राजधानीमा गरेको मजदुर भेलामा उद्योगी–व्यवसायीहरुले मुलुकमा उत्पादन वृद्धि गर्न सरकार उदासीन भएको आरोप लगाए ।

व्यवसायीहरुले स्वदेशी उद्योगलाई प्राथमिकता दिन पटक–पटक माग गरेर सरकारको ध्यानाकर्षण गराइरहे पनि उदासीन भएको गुनासो गरेका हुन् ।

सरकार गम्भीर नभए अब मजदुरसहित आन्दोलनमा उत्रने चेतावनी नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले दिए ।

यसैबीच, संघले शिरोमणि रविदासको ६४०औं जन्मजयन्तीसमेत मनाएको छ । संघले मजदुरको हक–हितका लागि सन्त रविदासले गरेको योगदानको स्मरण गरेको हो ।