फाइल फोटो
नेकपा एमाले कोल्बुङ कमिटीले शुक्रबार बिहान आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनले भने–‘पहाड र हिमालबाट तराईलाई अलग्याउनु उपयुक्त होइन ।’
वरिष्ठ नेता खनालले ‘अहिलेसम्म हिमाल, पहाड र तराईवासी सबै मिलेर बसेका छन् । तर, सरकार तराईलाई अलग्याउने खेलमा लागेको छ । यो कदापि पूरा हुने छैन । यो नेपाली जनताको हित प्रतिकूल हुनेछ’–भने ।
निर्वाचन मिति घोषणा गर्न अलमल गर्दै सरकार अघि बढ्छ भने एमालेले देशव्यापीरूपमा आन्दोलन गरेर देशमा चुनाव गराएरै छाड्ने बताउँदै उनले भारतले इलामको पशुपतिनगगर क्षेत्रमा दशगजा मिचेर निर्माणकार्य जारी राखेकाले त्यसलाई तत्काल रोक्न मागसमेत गरे ।
वरिष्ठ नेता खनालले संविधान संशोधन प्रस्ताव ‘बेमौसमको बाजा’मात्रै हो भन्दै यो प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने बताए ।
एमाले कोल्बुङ गाउँ कमिटी अध्यक्ष मेहेरमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई नेता खनालले अविरको टीका लगाएर स्वागत गरे । रासस





प्रतिक्रिया दिनुहोस्