२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


ट्रम्प र अफगानिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता


0
Shares

वार्ताकाक्रममा उनीहरुले समसामयिक विषयमा कुराकानी गरेको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ ।

आतंकवादी र अतिवादीविरुद्धको लडाइँका विषयमा फोनवार्ताकेन्द्रित भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ ।

दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाकाबारेमा पनि छलफल गरेका थिए ।

‘उहाँहरुले दुई देशको आपसी सहकार्य, दुईपक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ’–वक्तव्यमा भनिएको छ ।

अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेवारी निर्वाह गर्न निकै गाह्रो भइरहेकोले अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगकाबारेमा बताएका थिए ।

काबुल र बासिंगटनको रणनीतिक सम्बन्धकाबारेमा उनीहरुले छलफल गरेको वक्तव्यमा उल्लेख छ ।

कुराकानीकाक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाँडै नै भेट्न चाहेको बताएका थिए । रासस/सिन्ह्वा