
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार सम्पन्न फाइनल खेलमा चीनका पेन्ग्यु लु र कुवाङ सेन वेनको जोडीलाई ६–४ र ७–६ ले पराजित गर्दै भारतका जाधभ र शर्माले उपाधि जितेका हुन् ।
प्रतियोगिताअन्तर्गत् शुक्रबारै भएको महिला युगलतर्फको उपाधि भने चीनकी छुन् छी र थाइल्यान्डकी पुन्निनको जोडीले जितेको छ ।
उनीहरुले चीनका ना तोङ र मिन् याङको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्नेक्रममा ६–२ र ६–४ को सहज जित हासिल गरे ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत् पुरुष एकलतर्फको उपाधिका लागि भारतका कबिर मान्राइ र मिर्तुन्जय बाडोला भिड्ने भएका छन् ।
भारतका खेलाडीलेमात्र स्थान बनाएको पुरुष एकलको सेमिफाइनलमा कबिरले पियुष सालेकर र मिर्तुन्जयले अथर्भ शर्मालाइ पाखा लगाए ।
यस्तै, महिला एकलतर्फको उपाधिका लागि चीनकी मिङ कियो याङ र भारतकी बैदेही चौधरी भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा चीनकी याङले भारतकी शिवानीलाई र भारतकी बैदेहीले चीनकी युचियाओ चेलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
१८ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताअन्तर्गत् महिला र पुरुष एकलतर्फको दुबै फाइनल खेल शनिबार (भोलि) हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्