३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारतमा चुनावी सरगर्मी सुरु, कांग्रेसद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक


0
Shares

नयाँ दिल्ली, फागुन २४ । भारतमा हुन लागेको लोकसभा चुनावका लागि कांग्रेस पार्टीले उत्तर प्रदेश र गुजरातमा आफ्ना १५ उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसले उत्तर प्रदेशका ११ र गुजरातका चार सिटमा उम्मेदवारको नाम घोषणा गरेको हो । सार्वजनिक गरिएको सूचीअनुुसार कांग्रेसकी नेतृ सोनिया गान्धी रायबरेलीबाट चुनाव लड्ने निश्चित भएको छ । अध्यक्ष राहुल गान्धी अमेठीबाट उठ्ने भएका छन् । प्रियंका गान्धी रायबरेलीबाट चुनाव नलड्ने निश्चित भएको छ ।

कांग्रेसले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा नेताहरु निर्मल खत्री, आरपीएन सिंह, सलमान खुर्शीद, इमरान मसूद अनु टन्डन र जितिन प्रसादको पनि नाम छ । समाजवादी पार्टी र बहुजन समाज पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेका बेला कंग्रेसले आफ्ना उम्मेदवार घोषणा गरेको हो । (एजेन्सी)