
युरोपमा पाइने मध्ये फट्याङ्ग्राका २५ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संगठन, आइयुसिएनले जनाएको हो ।
युरोपमा एक हजारभन्दा धेरै प्रजातिका किरा, फट्याङ्ग्रा पाइनेमा २५ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको आइयुसिएनले जनाएको हो ।
झ्याउँकिरी र फट्याङ्ग्रासहित सम्पूर्ण किरा प्रजातिको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा आइयुसिएनको जोड छ ।
घाँसे मैदानमा पाइने किरा प्रजाति बढी संकटमा परेका हुन् । घाँसेमैदानको कमी, डडेलो, सघन खेती प्रणाली तथा पर्यटन विकासका कारण किरा प्रजातिको बासस्थान घट्दै गएको आइयुसिएनले जनाएको छ ।
चरा र सरीसृत प्रजातिको मूख्य आहारा किराफट्याङ्ग्रा लोप हुँदा सम्पूर्ण पारिस्थितिक प्रणालीमा नै असर पर्ने आइयुसिएनको ग्लोबल स्पेसिस कार्यक्रमका उप निर्देशक ज्यान क्रिस्टोफे विइले बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्