२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


महिला दिवसको रौनकले छुन नसकेका यी महिला


0
Shares

सर्लाही, फागुन २४ । महिला अधिकारको वकालत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गर्दा कतिपय महिला हिंसाकै कारण सडकमा पुग्ने गरेकोतर्फ कसैको ध्यान पुगेको देखिँदैन ।

सर्लाहीका विभिन्न सडकमा कयौं महिला भौंतारिएर हिँडिरहेका छन् । घरेलु हिंसामा परेका महिलाहरु मानसिक सन्तुलन गुमाएर सडकमै भौंतारिरहेका छन् । सडकमा अलपत्र अवस्थामा हिँड्ने महिलामाथि नै विभिन्न किसिमका हिंसा हुने गरेको छ ।