२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बनेपामा वाँख्या ज्ञानमाला भजन खलःको भवन उद्घाटन


0
Shares

संस्कृतिविद् सत्यमोहन जोशीले नवनिर्मित भवनको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

दुईकोठे पक्की भवन १५ लाख रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिले जनाएको छ ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउनेहरुलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा संस्कृतिविद् तजेस्वर ग्वंग, रघु मानन्धर, वरिष्ठ साहित्यकार मोहन दुवाल, राष्ट्रिय ज्ञानमाला भजन खलका संरक्षक प्राध्यापक सुर्वण शाक्यलगायतको उपस्थिति थियो ।

वाँख्या ज्ञानमाला भजन खलः २०६९ सालमा विधिवत स्थापना भएपनि भजन भन्ने परम्परा बनेपाको नेवारी समुदायमा सदियौंदेखि चल्दै आएको छ ।