विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित शान्तिपुर मन्दिरको पुनःनिर्माण सुरु

स्वयम्भू व्यवस्थापन महासमितिले पुरातत्व विभागसँगको समन्वयमा मन्दिर पुनःनिर्माण सुरु गरेको हो ।
गत वर्षको वैशाख १२ गतेको शक्तिशाली भूकम्पले यो मन्दिरको अधिकांश भाग चर्किएको थियो ।
विभागले परम्परागत शैलीलाई कुनै असर नपर्ने गरी निर्माणको काम सुरु भएको जनाएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न हुन ५ देखि ६ महिना लाग्ने बताइएको छ ।
स्वयम्भू व्यवस्थापन महासमितिले पुनःनिर्माण सुरु गर्नुअघि शनिबार क्षमापूजासमेत गरेको छ ।