३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वम्यानेजरलाई जेल सजाय


0
Shares

वासिंटन, फागुन २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व क्याम्पियन म्यानेजर पर्ल म्यानफोर्टलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा ४७ महिनाको जेल सजाय हुने भएको छ ।

उनले लाखौं डलर हिनामिना गरेको आरोपमा जेल सजायको फैसला गरिएको हो । अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा पर्ल म्यानफोर्ट दोषी पाइएको हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा अनुसन्धान गर्ने क्रममा उनीमाथि पनि अनुसन्धान सुरु गरिएको थियो । ६९ वर्षीय म्यानफोर्टले भर्जिनियाको अलेक्जेड्रियास्थित अदालतमा बयान दिँदै आफ्नो जीवनको अन्तिम दुई वर्ष निकै कठिन भएको बताए । (एजेन्सी)