सेयर साप्ताहिकः नेप्सेमा ६८ अंकको गिरावट, कारोबार पनि २१ प्रतिशतले घट्यो • Image Khabar Image Khabar


सेयर साप्ताहिकः नेप्सेमा ६८ अंकको गिरावट, कारोबार पनि २१ प्रतिशतले घट्यो


Imagekhabar
२९ माघ २०७३, शनिबार १९:३८

सेयर साप्ताहिकः नेप्सेमा ६८ अंकको गिरावट, कारोबार पनि २१ प्रतिशतले घट्यो

यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको १ करोड ८८ लाख कित्ता सेयर १ अर्ब ७३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २१.४७ प्रतिशतले कम रहेको एक्सचेन्जले जनाएको छ ।

गत साता १५६ कम्पनीहरुको ५९ लाख बराबर कित्ता सेयर २ अर्ब २१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको थियो ।

यो साता कारोबार भएका सबै समूह ओरालो लागे । समूहगत सूचकअन्तर्गत् बीमा समूहमा सबैभन्दा उच्च ५ सय ५१ अंकको गिरावट आयो ।

यो साता कारोबार रकम (१० करोड १४ लाख)को आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो । प्रभु बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेस्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा सहयोगी विकास बैंक, कन्काई विकास बैंक, एनएमबी माइक्रोफाइनान्स र गन्डकी विकास बैंकका बोनस सेयर सूचिकृत भएका छन् ।

यस्तै, नेसनल लाइफ एन्स्योरेन्सको हकप्रद सेयर पनि सूचीकरण भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्