दृष्यः खिम्ती–ढल्केबर प्रसारणलाइन । फाइल फोटो ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो प्रसारणलाइनको सिंगल फेजलाई डलब फेजमा रुपान्तरण गर्नेदेखि क्षमता अभिवृद्धि गर्ने कामसमेत सम्पन्न भएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त प्रसारणलाइन निर्माण सम्पन्न भएको र थप विद्युत् आयातमा मार्ग प्रशस्त भएको जानकारी दिए ।
भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको सो आयोजना पूर्वक्षेत्रमा विद्युत् आयात तथा निर्यातका लागि महत्वपूर्ण मानिएको छ ।
नेपाल र भारतबीच भएको सहमतिअनुसार सो प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारीसमेत गरेको छ ।
यस्तै, दुहबीमा रहेको मल्टी फ्यूल प्लान्टको ३३ केभी क्षमताको प्रसारणलाइनलाई पनि थप मर्मत गरेर विराटनगरको औद्योगिक करिडोरमा थप विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ ।
यस्तै, रक्सौल–परवानीपुर प्रसारणलाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । थप विद्युत् आयात भएपछि वीरगन्ज औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा पनि विद्युत्भार कटौती अन्त्य गरिनेछ ।
थप विद्युत् आयातका सम्बन्धमा यसअघि भएको सहमतिलाई केही दिनभित्रै बस्ने नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले थप अनुमोदन गर्ने प्राधिकरणले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्