‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’ • Image Khabar Image Khabar


‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’


Imagekhabar
१ फाल्गुन २०७३, आईतवार ०८:१९

‘हिरोज’की नायिका पूर्णीमा भन्छिन:‘ग्लामर नै ब्यूटी हो’

नवनायिका पूर्णीमा लामा यतिबेला नेपाली सिने जगतमा ‘फ्रन्टलाइन’मा आउन संघर्ष गरिरहेकी कलाकार हुन् । जसका लागि पूर्णीमाकै मूख्य भूमिका रहेको चलचित्र ‘हिरोज’ चाँडैनै प्रदर्शनमा भएको छ ।

आगामी चैत भित्रै प्रदर्शनमा आउने तयारी भइरहेको हिरोजको रिलिज डेट भने तय भइसकेको छैन । ‘हिरोज’को प्रदर्शनपछि पूर्णीमाले दर्शकको मन जित्न सक्छिन या सक्दिनन् त्यो भने हेर्न बाँकी नै छ ।

एनबी महर्जनको निर्देशन रहेको हिरोजमा पूर्णीमासँगै मुकेश ढकाल, संजोग राणा, करिश्मा मानन्धर, दिनेश डिसीलगायतको अभिनय रहेको छ ।

चलचित्र ‘रेलिमाई’बाट नेपाली फिल्म इन्डस्ट्रिजमा डेब्यु गरेकी पूर्णीमाले सोही चलचित्रबाट बक्स अफिसले प्रदान गरेको यस वर्षको सर्वोत्कृष्ट नवनायिका सगरमाथा अवार्ड पनि प्राप्त गर्न सफल भइन् ।

purnimaaa

सगरमाथाको आधार शिविरमा आयोजना गरिएको उक्त अवार्ड विश्वकै उच्च स्थानमा गरिएको अवार्ड कार्यक्रम हो । जसको गिनिज बुकमा नाम पनि लेखिएको छ ।

‘ग्लामर ब्यूटी हो, त्यसैले सही रुपमा प्रस्तुत हुने हो भने ग्लामर हिरोइनका लागि चाहिन्छ’ भन्ने मान्यता राख्ने पूर्णीमा समाजिक कार्यमा पनि सक्रिय छिन् ।

रेलिमाईबाट चलचित्र क्षेत्रमा अगाडि बढेकी नवनायिका पूर्णीमाले चारवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । जसमा चलचित्र बन्धनको डबिङ कार्य जारी छ भने चलचित्र शिव पनि रिलिज डेटको पर्खाइमा छ ।

यसका साथै नयाँ नयाँ चलचित्रमा अनुबन्धित हुने क्रम जारी रहेको पूर्णीमाको भनाइ छ । यही क्रममा उनले साइन गरेको अर्को चलचित्र ‘नेप्टे’ को आगामी बैशाखदेखि सुटिङ हुँदै छ ।

स्टार कास्ट दयाहाङ राईसँग काम गर्न पाएकाले नेप्टे आफ्नो लागि पनि फलदायी हुने पूर्णीमाको आशा छ ।

चलचित्र क्षेत्रमा आउनु अघि मिस ब्यूटी र मिस एन्जल भएकी पूर्णीमाले पछिल्लो समय दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

उनी सामाजिक कथावस्तु बोकेको चलचित्रमा अभिनय गर्न बढी मन पराउँछिन् ।

purnima2

प्रतिक्रिया दिनुहोस्