
काठमाडौं, फागुन २३ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जेसीआई काठमाडौ लेडी नेपालले समाजमा योगदान पुर्याएको भन्दै केही महिलाहरुलाई सम्मान गरेको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उनीहरुलाई सम्मान गरेकी हुन् ।
सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक सुभद्रा वाइबा, पत्रकार सन्तोषी अधिकारी, वरिष्ठ स्वास्थ्य परिचारिका योगलक्ष्मी प्रधान, अर्बुदरोग विशेषज्ञ एलिजा श्रेष्ठ, पहिलो महिला स्काउट रामवदन जोशी, वरिष्ठ आयुर्वेद चिकित्सक सरिता श्रेष्ठ र कृषि विशेषज्ञ केशरीलक्ष्मी मानन्धर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्