Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ज्ञानेन्द्र मल्ललाई कारबाही


0
Shares

काठमाडौं, फागुन २३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् ।

धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटकाक्रममा उनको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल त्यागेकाले अहिले कारबाही गरिएको हो ।

ज्ञानेन्द्रलाई आठौं राष्ट्रिय खेलकुदअन्तर्गत् क्रिकेटको प्रदेशस्तरीय छनोट चरणका ४ खेलमा सहभागी हुन दिइने छैन ।

काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् ।