ब्रसेल्समा आयोजना हुने ध्यान सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
बेल्जियममा रहँदा त्यहाँका विदेश मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भ्रमणका क्रममा लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल, परराष्ट्रमन्त्री जीन एसेलबर्न र विकास सहयोगमन्त्री रोमेन सेनिडरसँग पनि भेट वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस्तै युरोपियन आयोगका अध्यक्ष जीन क्लाउड जंकर तथा आयोगकी परराष्ट्र तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोघेरिनीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्