
होटलबाहेक कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च ३ सय ४६ अंकको गिरावट आयो । जलविद्युत समूह ६२ अंकले झ¥यो । वाणिज्य बैंक समूह पनि ४५ अंकले ओर्लियो ।
विकास बैंक समूहमा ३१ अंकको कमी आयो । वित्त समूह पनि दोहोरो अंकले ओरालो लाग्यो । अन्य समूह सामान्य अंकले ऋणात्मक रह्यो । होटल समूह भने १५ अंकले सुधारियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको १३ लाख कित्ता बढी शेयर ५० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्