२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एक वर्षभित्र चोभारमा थोक बजार बन्ने


0
Shares

समितिको आइतबार भएको २३ औं वार्षिक उत्सवमा चोभारसहित बालाजु, नौबिसे एवं देशका अन्य भागमा बजार निर्माण गरिने जनाएको हो ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले संरचनात्मक सुधारसहित कालीमाटी बजारको सुदृढिकरण गरिने बताए ।

कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले कृषि उपज उत्पादनमा वृद्धि गर्न विभिन्न परियोजनामा काम भइरहेको भन्दै ३७ करोडको लागतमा १ वर्षभित्र चोभारमा थोक बजारको निर्माण सम्पन्न हुने दाबी गरे ।