२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैंकहरुले अस्वाभाविक ब्याजदर बढाए : निर्माण व्यवसायी


0
Shares

महासंघको आइतबार चन्द्रागिरीमा भएको २०१ औं कार्यसमितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्याजदर पुरानै कायम गर्न नेपाल बैंकर्स संघलाई आग्रह पनि गरेको छ ।

अध्यक्ष शरदकुमार गौचनले ७/८ प्रतिशत ब्याजदरमा निर्माण सामाग्री खरिद गरिसकेका व्यवसायीलाई बैंकहरुले आफूखुसी १४ प्रतिशतसम्म ब्याजदर पुर्‍याएको गुनासो गरे ।

गौचनले सरकारकै कारण पूँजीगत खर्च हुन नसकेको बताए । पूँजीगत खर्च बढाउन समयमै बोलपत्र गर्नुपर्ने, भुक्तानी दिनुपर्ने उनको भनाइ छ ।

महासंघले निर्माण व्यवसायीहरुका लागि आचारसंहिता जारी गरेको जनाएको छ ।