
तामा, घर छाउने ढुंगा, सिलाजित, खरी, चुनढुंगालगायतका खानी वर्षाैंदेखि उत्खनन् हुन नसकेका हुन् । त्यस्ता खानीको संरक्षणमा समेत सरकारले बेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन् ।
खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । स्थानीय बूढापाकाका अनुसार यहाँका तामाखानी दुईसय वर्षसम्म सन्चालनमा थिए ।
तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा खानी उत्खनन् गरेर हुने आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तामा खानी बन्द भएको ताकम– ९ मच्छिमका चन्द्रबहादुर छन्त्याल बताउँछन् ।
खानी रहेका ठाउँ अहिले पुरिँदै गएका छन् । खानी उत्खनन् गर्न सय मिटर लामो खनिएका सुरुङ भने अझै भेटिन्छन् ।
खानी उत्खनन गर्न सरकारले पहल गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्