Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी


0
Shares

पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो ।

म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको डेरीमा रहेका कतिपय पोकामा उत्पादन मितिसमेत छैन । सामान बरामद गरी सिलबन्दी गरेको मन्त्रालयका शाखा अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

‘प्लास्टिकमा प्याक गरिने दूध दहीको उपभोग्य समय ४८ देखि ७२ घन्टा हुन्छ,’ बाँस्कोटाले भने, ‘२०७३ माघ २२ गते प्याकेजिङ गरिएको दूध, दहीको पोका अझै बिक्रीका लागि राखेको पाइयो ।’

अनुगमन टोलीले सो पसलबाट एक हजार लिटरभन्दा बढी पोका दूध, दही बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमले सामान बिक्रीका लागि राखेकाले सिलबन्दी गरी कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रजिअ शोभाखर पोख्रेलले जानकारी दिए । (रासस)