सिमानाका बन्द भएपछि आवत–जावत ठप्प भएका पश्चिमी सिमावर्ती क्षेत्र सुनसान भएका छन् ।
कञ्चनपुरसँगै भारतको उत्तराखण्ड राज्यको सिमा क्षेत्रमा पर्ने पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका सिमा नाकासमेत शील गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतीय पक्षबाट कञ्चनपुरमा पर्ने पश्चिमी सिमा नाका गड्डाचौकी, दोधारा-चाँदनी, ब्रह्मदेव तथा जिल्लाको दक्षिणी सिमानाका बेलौरी, त्रिभुवनबस्ती, बेल्डाडी लगायत अन्य खुला सिमामा आगामी ४८ घण्टाका लागी शिल गरिएको छ ।
चुनावका बेला सिमा क्षेत्रबाट घुसपैठ नहोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सिमाहरु सिल गरिएको हो ।
शील गरिएका सवै सिमा नाका फागुन ४ गते साँझ ५ बजेदेखि खोलिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।










प्रतिक्रिया दिनुहोस्