२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


जर्मनीको नयाँ राष्ट्रपतिमा फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित


0
Shares

१२६० सदस्यीय निर्वाचक मण्डलमा स्टाइनमायरले ९३१ मत ल्याएर निर्वाचित भएका हुन् ।

सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा लोकप्रिय राजनेताको रुपमा लिइन्छ ।

उनले यसअघि दुई पटक विदेशमन्त्री भएर काम गरिसकेका छन् । वर्तमान राष्ट्रपति यो आखिम गाउकको कार्यकाल आगामी मार्च १८ मा सकिँदै छ ।

७७ वर्षीय राष्ट्रपति गाउकले पाँच वर्षे कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन अस्वीकार गरेका थिए । (एजेन्सी)