फाइल फोटो
चाबहिलबाट त्रिवि कार्यालय जानेक्रममा ललितपुरस्थित युएनपार्कनजिक करिब बिहान १० बजेतिर बा२च ५६५० नम्बरको गाडी उनीहरुले जलाएको त्रिपाठीले जानकारी गराइन् ।
‘दुईजना युवाले गाडी रोकेर मलाई ओर्लन भने’–उनले भनिन्–‘म ओर्लन नमानेपछि पाखुरा तानेर गाडीबाट ओरालेर आगो लगाए ।’
स्ववियु निर्वाचनका सन्दर्भमा आफूहरुको मागबारे बेवास्ता गरेपछि शिक्षाध्यक्ष त्रिपाठीको गाडी जलाइएको क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए ।
उनले स्ववियु निर्वाचनमा फर्जी विद्यार्थी भर्ना खारेजी गर्नुपर्ने, निर्वाचनको प्रक्रियामा सहभागी गराउनुपर्ने र निर्वाचनका लागि वातावरण बनाउनुपर्नेजस्ता माग आफूहरुले त्रिवि प्रशासनमा राखेपनि बेवास्ता गरी निर्वाचन प्रक्रिया सुरु गरेकाले आन्दोलनमा उत्रिएको बताए ।
त्रिपाठी स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजकसमेत रहेकी छन् । रासस





प्रतिक्रिया दिनुहोस्