Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रपति भण्डारीद्वारा सात दलका नेताहरुलाई ३१ बुँदे लिखित सम्बोधन


0
Shares

प्रमुख तीन दलसहित सात दलका नेताहरुलाई सोमबार शीतल निवासमा डाकेर उनले आगामी माघ ७ गतेभित्रै तीनओटै निकायको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यात्मक अवस्थाको स्मरण गराएकी हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र अरु दलका प्रमुखहरुलाई सँगै राखेर राष्ट्रपति भण्डारीले ३१ बुँदे लिखित सम्बोधन गरेकी थिइन् ।

चुनावले मुलुकलाई अगाडि बढाउने र दलहरुलाई थप उर्जाशील बनाउने भन्दै राष्ट्रपतिले चुनावको अरु विकल्प नरहेको स्पस्ट पारिन् ।

राजनीतिक अस्थिरता र संवैधानिक संकटबाट मुलुकलाई पार लगाउनु सबैको दायित्व भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण चुनावको वातावरण बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दललगायत सबै सरोकारवालाहरुको निकायहरुको पनि ध्यानकर्षण गराइन् ।

सो अवसरमा राष्ट्रपतिले एकतर्फी सम्बोधनमात्र गरेको र छलफल नभएको जनाइएको छ ।

राष्ट्रपतिसँगको भेटपछि सन्चारकर्मीसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले भेटघाट कर्मकान्डीमात्र भएको बताए ।