फाइल फोटो
देशभर ६० आंगिक क्याम्पसमध्ये ३५ क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाले जानकारी गराए ।
उनकाअनुसार काठमाडौं उपत्यकाका २२ मध्ये १२ र उपत्यकाबाहिर ३८ मध्ये २३ क्याम्पसमा निर्वाचनको प्रक्रिया सुरु गरिएको छ ।
उनकाअनुसार निर्वाचन प्रक्रिया रोकिएका २५ क्याम्पसमा दुई दिन समय थप गरिनेछ ।
निर्वाचनका लागि सबै क्याम्पसमा निर्वाचन समिति बनिसकेको छ । त्रिविले मंगलबार मतदाताको अन्तिम नामावाली प्रकाशन गर्ने र बुधबार उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्नेछ ।
नेपाल विद्यार्थी संघसम्बद्ध केही विद्यार्थी र अनेरास्ववियु (क्रान्तिकारी)को तालाबन्दीका कारण केही क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
८ वर्षपछि २८ वर्षको सीमा तोकी हुन थालेको स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी),अखिल (छैटौं), अखिल (पाँचौं), अखिल नेपाल युवा विद्यार्थी संघ, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, नेपाल विद्यार्थी फेडरेसनलगायत विद्यार्थी संगठनले निर्वाचनमा सहभागिता जनाउँदैछन् । रासस





प्रतिक्रिया दिनुहोस्