२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सीके राउतलाई छाड्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, फागुन २३ । थुनामा रहेका सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

राष्ट्र विखन्डनमा लागेको आरोप लागेका राउतलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै छाड्न आदेश दिइएको हो ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले छाड्ने आदेश दिएको हो ।

आदेशमा जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गरेको सदर प्रमाण नपुगी बेरित देखिएकाले बदर गर्न भनिएको छ ।

स्वतन्त्र मधेस गठबन्धन नामक समूहका राउतमाथि राष्ट्र विखन्डनमा संलग्न रहेको, जातीय र सामाजिक सद्भाव बिथोल्न उद्दत रहेकोजस्ता आरोप लागेको छ ।