Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो, चेल्सी ६० अंकसहित शिर्ष स्थानमा


0
Shares

सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई उसैको मैदानमा २-० ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले पहिलो गोल गरेभने बर्नमाउथका टाइरोन मिङ्सले एक आत्माघाति गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको ५२ अंक भएको छ ।

६० अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपर र चौथो स्थानको आर्सनलको समान ५०÷५० अंक रहेको छ ।