
वर्षको अन्त्यतिर टर्कीमा रुसी राजदूतको हत्या भएको दृष्यसहितको तस्वीर वर्षकै उत्कृष्ट ठहरिएको छ ।
सो तस्वीरमा हत्यारा नजिकै गोली लागेर ढलेका रुसी राजदूत पनि देखिन्छन् । उक्त तस्वीर एपी समाचार एजेन्सीका फोटोग्राफर बुरहान ओजबिलिसीले क्यामेरामा कैद गरेका हुन् ।
पुरस्कृत अन्य केही तस्वीर
लुसियानामा प्रहरी बर्बरताको विरोधमा गिरफ्तारीका लागि हात अघि सार्दै अधिकारकर्मी लेसिया इभान्स ।
डकोटा पाइप लाइन हुँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन परिचालित दंगा प्रहरी ।
अफगानिस्तानको काबुलमा भएको विस्फोटमा घाइते दुई वर्षीय भतिजलाई अस्पतालमा उपचार गराउँदै नजिबा ।
क्यूवास्थित एक सैलुनमा कपाल काट्दै युवा । पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनपछि युवाहरुमा कास्ट्रोका मार्गदर्शनमा अघि बढ्ने प्रण बढ्दै गएको छ ।
मोसुलको पूर्वी जिल्लामा विशेष सैन्य अप्रेशनका क्रममा इराकी सुरक्षाकर्मी एक घरमा खानतलासी गर्दा आतंकित बालिका ।
मनिलामा रोमियो जोएलको शव नियाल्दै प्रहरी । उनलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।
पूर्वी युक्रेनमा हवाइ हमलापछि घरमा आगलागी हुँदा ज्यान जोगाउन भाग्दै स्थानीय ।
स्पेनको समुद्री क्षेत्रमा माछाका लागि राखिएको जालोमा फसेको कछुवा ।
दक्षिण अफ्रिाकामा घाइते अवस्थामा भेटिएको गैंडाको बच्चाको हेरचाहमा खटिएकी एक युवती ।
सन् १९५५ देखि विश्व प्रेस फोटो अवार्ड प्रदान गरिदैं आएको हो । यस वर्ष आठ विधामा २५ देशका ४५ फोटोग्राफरका तस्वीर पुरस्कृत भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्